कैलाली भन्सार कार्यालय: आठ महिनामा ५.४ अर्ब राजस्व सङ्कलन, वार्षिक लक्ष्यको ५५% मात्र पूरा

Image
Nisarga Hospital

कैलाली भन्सार कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म रु ५ अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ। भन्सार महसुलतर्फ रु २ अर्ब ८४ लाख, मूल्य अभिवृद्धि कर २ अर्ब ७ करोड ५९ लाख, अन्तःशुल्क १० करोड ५६ लाख र अन्यतर्फ १ अर्ब २१ करोड ६६ लाख सङ्कलन भएको छ।

CP Hospital Dhangadhi

सूचना अधिकारी प्रकाश तिमिल्सिनाले वार्षिक लक्ष्य रु ९ अर्ब ७१ करोड १५ लाख रहेको बताउँदै आठ महिनामा सङ्कलन रकम वार्षिक लक्ष्यको ५५.६७ प्रतिशत मात्रै भएको जानकारी दिए। चालु आर्थिक वर्षका प्रत्येक महिनामा लक्ष्य पूरा हुन नसकेको देखिन्छ।

साउनमा रु ७१ करोड ६१ लाख लक्ष्यमा ५७ करोड ८० लाख मात्र, भदौमा ७४ करोड २१ लाख लक्ष्यमा ५३ करोड ७० लाख, असोजमा ७६ करोड ७७ लाख लक्ष्यमा ६७ करोड ७८ लाख, कात्तिकमा ८४ करोड ६७ लाख लक्ष्यमा ७२ करोड ५४ लाख मात्र सङ्कलन भएको छ।

nawajiwan
Attariya Hospital

मङ्सिरदेखि फागुनसम्म पनि प्रत्येक महिनामा लक्ष्य पूरा हुन सकेको छैन। गत आर्थिक वर्षमा पनि वार्षिक लक्ष्य रु ११ अर्ब १६ करोड २६ लाखमध्ये ८ अर्ब ६६ करोड ९८ लाख मात्र सङ्कलन भएको थियो, जो ७७.६७% मात्रै हो।

भन्सार कार्यालयले लक्ष्यभन्दा कम सङ्कलन भए पनि आगामी समयमा सुधारका उपाय लागू गर्ने तयारीमा रहेको बताइएको छ।