इसराइलको इरान ग्यास भण्डारमा आक्रमणपछि स्ट्रेट अफ हर्मुज संकट

Image
Nisarga Hospital

इसराइलले इरानको साउथ पार्स ग्यास भण्डारमा आक्रमण गरेको छ, जुन विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ। आक्रमणमा प्रशोधन उपकरण र ग्यास ट्यांकीहरू क्षतिग्रस्त भएको बताइएको छ। इरानले यस कदमलाई खतरनाक र गैरजिम्मेवार भन्दै कडा प्रतिक्रिया जनाएको छ भने कतार र साउदी अरबले पनि आक्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

इसराइल र अमेरिका समर्थित आक्रमणपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द जस्तो स्थिति सिर्जना गरेको छ। यसले विश्वको ऊर्जा आपूर्तिमा जोखिम ल्याएको छ र कच्चा तेलको मूल्य ५ प्रतिशत बढेर १०८ डलर प्रति ब्यारेल पुगेको छ। विशेषज्ञहरूले युद्धले ऊर्जा संकट अझ गहिरो हुन सक्ने चेतावनी दिएका छन्।

Attariya Hospital

लेबनानको बेरुतमा इजरायली हवाई आक्रमण तीव्र भएका छन् भने इरानले इसराइलतर्फ क्लस्टर मिसाइल प्रहार जारी राखेको छ। इरायलमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। युरोपेली संघले कूटनीतिक समाधान खोज्न र होर्मुज मार्ग सुरक्षित राख्न जोड दिएको छ।

nawajiwan