
कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा आजदेखि नगर स्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तिर्ण परीक्षा सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुँदैछ र चैत्र १२ गतेसम्म जारी रहनेछ।

गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीका अनुसार कक्षा ५ र ८ मा जम्मा ५ हजार ८१० विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ। परीक्षा सहज र व्यवस्थित सञ्चालनका लागि १४ वटा परीक्षा केन्द्र तोकिएका छन्। भौगोलिक कठिनाइ भएका तीनवटा विद्यालयमा गृहकेन्द्र स्थापना गरिएको छ।
परीक्षामा सहभागी विद्यार्थीहरूले समयमै परीक्षा केन्द्र पुग्न र निर्धारित समयमै परीक्षा सम्पन्न गर्न ध्यान दिनुपर्ने शिक्षा शाखाले जनाएको छ। नगरपालिकाले शिक्षक र कर्मचारीको पर्याप्त व्यवस्था गरी परीक्षा निष्पक्ष र सुचारु रूपमा सञ्चालन गरिरहेको छ।
समग्रमा, गोदावरी नगरपालिकामा आधारभूत तह परीक्षा व्यवस्थित र सुरक्षित वातावरणमा सम्पन्न गराउन स्थानीय प्रशासन सतर्क रहेको छ।































