सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले प्राप्त गर्यो राष्ट्रिय गुणस्तर प्रमाणपत्र

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–२ स्थित सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय गुणस्तर प्रमाणपत्र हासिल गरेको छ। प्रमाणपत्र प्राप्त भएपछि कम्पनीका उत्पादनहरू अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा र वातावरणीय मापदण्ड अनुसार रहेको पुष्टि भएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

यस उपलब्धिले कम्पनीलाई भविष्यमा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा निर्माण हुने संरचनाहरूमा उत्पादन आपूर्ति गर्न सहज बनाउनेछ। कम्पनीका प्रबन्ध निर्देशक नवीन प्रसाद भट्टले यसलाई टिमको कडा मेहनत, समर्पण र ग्राहकप्रतिको जिम्मेवारीको नतिजा भएको बताए। भट्टले भने, “हामी आगामी दिनमा अझ उच्च गुणस्तरका उत्पादनहरू ल्याउँदै उपभोक्ताको विश्वास कायम राख्नेछौँ।”

सर्वोत्तम पेन्ट्सले उच्च गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बलियो बजार सञ्जाल रहेको कम्पनीले काठमाडौँमा कार्पोरेट अफिस र बिक्री डिपो स्थापना गरेको छ। साथै, बागमती प्रदेशका विभिन्न स्थानमा डिलर सञ्चालन भइरहेको र गण्डकी, कोसी तथा मधेश प्रदेशमा डिलर नियुक्तिको प्रक्रिया अघि बढिरहेको प्रबन्ध निर्देशक भट्टले बताए।

यो प्रमाणपत्र कम्पनीका लागि मात्र नभएर सम्पूर्ण नेपाली उद्योग क्षेत्रका लागि गौरवको विषय बनेको छ।