मध्यपूर्वी ऊर्जा संकट : इरानी आक्रमणपछि क्षेत्रीय तनाव वृद्धि

Image
Nisarga Hospital

अमेरिका र इजरायलको गठबन्धनले नेताहरूको हत्या गर्दै लगेका बीच, इरानले मध्यपूर्वी देशहरूको ऊर्जा संरचनामा तीब्र आक्रमण थालेको छ। अलजजिराका अनुसार कतार र साउदी अरेबियाका महत्वपूर्ण ऊर्जा पूर्वाधारहरू क्षति पुगेको छ।

CP Hospital Dhangadhi

साउदी अरेबियाले आक्रमणपछि कडा प्रतिक्रिया जनाउँदै क्षेत्रीय सुरक्षा र इरानसँगको कूटनीतिक विश्वास कमजोर भएको बताएका छन्। रियादले अब संवादभन्दा टकरावको जोखिम बढेको चेतावनी दिएको छ।

Attariya Hospital

कतारको प्रमुख ग्यास उत्पादन केन्द्र रास लाफानमा इरानी आक्रमणले भौतिक क्षति पुर्‍याएको छ। यसको असर उत्पादन र आपूर्ति प्रणालीमा परेको छ, जसले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउने संकेत गरेको छ। कतारले इरानी दूतावासका केही सुरक्षा अधिकारीहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेको छ।

nawajiwan

विश्लेषकहरूले अमेरिकालाई सैन्य बेस प्रदान गर्ने खाडी देशहरूमा इरानी दबाब बढेको र मध्यपूर्वमा युद्ध विस्तार हुने देखिएको बताएका छन्। हालसम्म क्षति पूर्ण विवरण सार्वजनिक भएको छैन भने थप घटनाक्रम आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।