कैलालीमा स्थानीयको हातपातपछि डीएसपीसहित सशस्त्र प्रहरीमाथि छानबिन समिति गठन

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

कैलालीको खक्रौला भन्सार नजिक रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा स्थानीय युवाले डीएसपी प्रदीप पौडेलसहित सशस्त्र प्रहरीमाथि हातपात गरेका छन्। स्थानीयका अनुसार, उनीहरूले डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै कार्यालय परिसरमा पसेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए। यस घटनामा गुल्ममा कार्यरत व्यापारी र सर्वसाधारणसमेत संलग्न भएको जनाइएको छ।

घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले छानबिन समिति गठन गरेको छ। यस समितिको संयोजक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्की छन् र तीन सदस्यीय टोलीले घटना अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ।

nawajiwan
Attariya Hospital

छानबिन समितिले डीएसपी पौडेलमाथि मात्र होइन, गुल्ममा कार्यरत सम्पूर्ण टोलीका क्रियाकलाप र जिम्मेवारीको मूल्याङ्कन गर्नेछ। घटनापछि गुल्ममा कार्यरत सशस्त्र प्रहरीलाई जिल्ला तान्न निर्देशन दिइएको छ।

स्थानीयहरूले भने कि सशस्त्र प्रहरीले भारतबाट ल्याइएको सामान बरामद गरेपछि विवाद उत्पन्न भएको हो। टीकापुर उद्योग वाणिज्य संघको टोलीसँग छलफल पछि केही युवाले हातपातमा उत्रिएको प्रहरीले जनाएको छ।

समितिले छानबिनपछि आवश्यक कारबाहीको सिफारिस गर्ने र भविष्यमा यस्ता घटनाबाट जोगिन सुरक्षा व्यवस्थामा सुधार गर्ने तयारी गरिएको छ।