बाजुरामा थापाले चुनावी खर्च सार्वजनिक गरे: कुल ६.६ लाख रुपैयाँ खर्च

Image
Nisarga Hospital

बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हेमराज थापाले फागुन २१ गतेको निर्वाचनमा गरिएको आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएर सार्वजनिक गरेका छन्।

CP Hospital Dhangadhi

थापाले कुल ६ लाख ६० हजार १६० रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्। विवरणअनुसार मनोनयन दर्ता शुल्कमा १० हजार, मतदाता नामावली प्रिन्टमा २३ हजार ४१०, खाना खर्चमा ५० हजार, यातायातमा ३ लाख ८ हजार ९५०, प्रतिनिधि खर्चमा १ लाख ५१ हजार, ब्याज र स्ट्राकरमा १५ हजार, टोपीमा २१ हजार ६५०, झण्डा छपाईमा ४१ हजार २०० र नमूना मतपत्र छपाईमा ३८ हजार ८५० रुपैयाँ खर्च भएको जनाइएको छ।

Attariya Hospital

बाजुरामा नेपाली कांग्रेसका जनक राज गिरी विजयी भए भने हेमराज थापा तेस्रो स्थानमा परेका थिए। उनले खर्च विवरण सार्वजनिक गरेर पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएका छन्।

nawajiwan

थापाको यस कदमले चुनावी खर्चमा जवाफदेहिताको अभ्यासलाई जोड दिएको छ।