कृष्णपुरमा विराट महायज्ञ: धर्म, संस्कृति र सामाजिक एकताको अद्वितीय संगम

Image
Nisarga Hospital

कञ्चनपुरको कृष्णपुर–४, ग्वासी समैजी धाममा चैत्र ६ गतेदेखि १६ गतेसम्म श्री शिव महापुराण तथा महारुद्र विराट महायज्ञ आयोजना हुने तयारी तीव्र गतिमा भइरहेको छ। यो महायज्ञ धर्म, संस्कृति र सामाजिक एकताको सशक्त सन्देश बोकेको कार्यक्रमका रूपमा सम्पूर्ण क्षेत्रमै नयाँ ऊर्जा र सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

CP Hospital Dhangadhi

धार्मिक मान्यता अनुसार ग्वासी समैजीलाई समय, विधि र मर्यादाका साथ पूजाआजा गरिन्छ, जसले अनुशासन, सद्भाव र एकता विकास गर्ने विश्वास कायम राख्छ। उद्घाटन सत्रमा कलश यात्रा, गणेश वन्दना, गुरु वन्दना र व्यासाचार्यद्वारा शिवपुराण वाचन हुनेछ। चैत्र ७ देखि १५ गते दैनिक पूजापाठ, पारायण, संगीतमय कथा प्रवचन, भजन–कीर्तन, झाँकी र लीलाप्रदर्शनले भक्तिमय वातावरण सिर्जना गर्नेछ।

nawajiwan

चैत्र १५ गते विशेष लक्ष्यदीप प्रज्वलन र चैत्र १६ गते होमयज्ञ, पूर्णाहुति, भोजन भण्डारा तथा समापन समारोहसहित महायज्ञको औपचारिक समापन हुनेछ।

Attariya Hospital

महायज्ञको उद्देश्य धर्म, पर्यटकिय विकास, गुरुकुल पाठशाला स्थापना, अक्षयकोष निर्माण, शिव–पार्वती–गणेश मूर्ति निर्माण र वैदिक सनातन धर्मको संरक्षण हो। आयोजक कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा र समाजसेवी खेमराज पाण्डेले सबै समुदायलाई सहभागिताको आह्वान गर्दै यस महायज्ञलाई साझा अभियानका रूपमा सफल बनाउन आग्रह गरेका छन्।

श्री ग्वासी समैजी देवताले सम्पूर्ण जनसमुदायको कल्याण गरून् भन्ने मंगलकामनासहित श्रद्धालु भक्तजनलाई सहभागी भएर पुण्य लाभ आर्जन गर्न हार्दिक निमन्त्रणा गरिएको छ।