इरान द्वन्द्वमा मृत्यु संख्या ३ हजार नाघ्यो, सर्वसाधारण बढी प्रभावित

Image
Nisarga Hospital

इरानमा गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार नाघेको छ। अमेरिकास्थित मानवअधिकार संस्था एचआरएएनएका अनुसार हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १८६ पुगेको छ।

CP Hospital Dhangadhi

सार्वजनिक विवरणअनुसार मृत्यु हुनेमध्ये १ हजार ३९४ सर्वसाधारण छन्, जसमा कम्तीमा २१० बालबालिका पनि समावेश छन्। त्यस्तै, १ हजार १५३ जनालाई सैनिकको रूपमा वर्गीकृत गरिएको छ भने ६३९ जनाको मृत्युको प्रकृति अझै खुल्न सकेको छैन।

Attariya Hospital

द्वन्द्व सुरु भएयता एचआरएएनएले मानवीय क्षतिको विवरण निरन्तर अद्यावधिक गर्दै आएको छ। बढ्दो हिंसासँगै सर्वसाधारणको ज्यान जाने क्रम तीव्र बन्दै गएको भन्दै मानवअधिकारकर्मीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

nawajiwan

लगातारको तनाव र आक्रमणका कारण मानवीय संकट गहिरिँदै गएको छ, जसले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरिरहेको छ।