
कैलालीको अत्तरियास्थित बसपार्कमा शुक्रबार बिहान बसभित्र चोरी गरिरहेको अवस्थामा बझाङ घर भएका करन धामी र सुवाश बोहरालाई स्थानीयले नियन्त्रणमा लिए।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, धामी यसअघि पनि पटक–पटक चोरीको आरोपमा पक्राउ परिसकेका थिए र तीन दिनअघि मात्रै छूटेका थिए। प्रहरीले दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको छ।

स्थानीयको सतर्कताले ठूलो चोरी रोकिएको बताइएको छ। घटना प्रति प्रहरी र स्थानीयबीच सहकार्यले बसपार्क क्षेत्रमा सुरक्षा थप कडा बनाइएको छ।

































