कञ्चनपुर कारागारमा झडप, थुनुवामाथि चिर्पट प्रहार

Image
Nisarga Hospital

कञ्चनपुर जिल्ला कारागारभित्र थुनुवाहरूबीच भएको आपसी विवादले हिंसात्मक रूप लिँदा एक जना घाइते भएका छन्। वेदकोट नगरपालिका–९ का गणेश विष्टमाथि चिर्पट प्रहार हुँदा उनी घाइते भएका हुन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका विष्टमाथि अर्का थुनुवा भुवन ऐरले आक्रमण गरेका थिए। ऐर शुक्लाफाँटा नगरपालिका–९ निवासी हुन् र उनी पनि लागूऔषध सम्बन्धी मुद्दामै कारागारमा रहेका छन्।

Attariya Hospital

प्रहरीका अनुसार घटना कारागारको ब्लक ‘ए’ र ‘बी’ बीचको विवादका क्रममा भएको हो, जहाँ ऐरले विष्टमाथि चिर्पट प्रहार गरेका थिए।

nawajiwan

घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य र खतरामुक्त रहेको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।