होर्मुज संकट गहिरिँदै: अमेरिका–इरान आमनेसामने

Image
Nisarga Hospital

विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग ‘होर्मुज’ पुनः सञ्चालनलाई लिएर अमेरिका र इरानबीच तनाव चुलिएको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई दिएको समयसीमा सकिन अब २४ घण्टा मात्र बाँकी छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै इरानले बिना सर्त जलमार्ग नखोले ऊर्जा संरचना ध्वस्त पार्ने धम्की दिएका छन्।

CP Hospital Dhangadhi

उनका अनुसार तेहरान समयअनुसार मार्च २४ बिहानसम्म मार्ग खुला नगरे कडा कदम चालिनेछ। यता, इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै यदि आक्रमण भए खाडी क्षेत्रमा रहेका अमेरिकी सम्बन्धित तेल संरचनामा प्रतिकार गर्ने चेतावनी दिएको छ।

Attariya Hospital

यो घटनाक्रमले मध्यपूर्वमा तनाव झन् चर्किने संकेत देखिएको छ। विश्व बजारमा तेल आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ भने अन्तर्राष्ट्रिय समुदायले सम्भावित द्वन्द्व रोक्न कूटनीतिक पहल आवश्यक रहेको बताउँदै आएको छ।

nawajiwan