
कञ्चनपुरको कृष्णपुर–४, ग्वासी समैजी धाममा चैत्र ६ देखि १६ गतेसम्म श्री शिव महापुराण तथा महारुद्र विराट महायज्ञ भव्य रूपमा सञ्चालन भइरहेको छ। धार्मिक उत्साहबीच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले मन्दिर दर्शन, पूजापाठ गर्दै सक्रिय सहभागिता जनाएका छन्।


नगर प्रमुख भट्टले महायज्ञले धर्म, संस्कृति र सामाजिक एकतालाई सुदृढ बनाउने उल्लेख गर्दै यस्ता आयोजनाले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। महायज्ञ अवधिभर कलश यात्रा, गुरु वन्दना, भजन–कीर्तन, झाँकी तथा लीलाप्रदर्शनले सम्पूर्ण क्षेत्रलाई भक्तिमय बनाएको छ।

आयोजकहरूले गुरुकुल पाठशाला स्थापना, अक्षयकोष निर्माण र मूर्ति निर्माणमार्फत वैदिक सनातन धर्म संरक्षण गर्ने उद्देश्य राखेका छन्। सबै समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

































