
कैलाली क्षेत्र नं. ५ का नेकपा उम्मेदवार प्रेमबहादुर आले ले सामाजिक सञ्जालमा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह लाई ५७ जनाले पैसा खाएको भनेर आफूले नामावली दिएको भन्ने दुष्प्रचार पूर्णतः झुटो र भ्रामक भएको स्पष्ट पारेका छन्।
आलेले यसलाई आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले फैलाइएको दुष्प्रचार भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। उनले भने, “यदि मैले कुनै व्यक्तिलाई पैसा दिएको वा नामावली उपलब्ध गराएको प्रमाण छ भने तत्काल सार्वजनिक गरियोस्।” प्रमाणबिना आरोप लगाइए कानुनी बाटो अपनाउने चेतावनी पनि दिएका छन्।
उहाँले मतदातालाई धन्यवाद दिनुका साथै निर्वाचित उम्मेदवारलाई बधाई दिएको र सत्य–तथ्य बाहिर ल्याएर जनतामा भ्रम नफैलाउन सबैसँग आग्रह गरेका छन्। यस कदमले राजनीतिक दुष्प्रचार विरुद्ध कानुनी र नैतिक सचेतना बढाउने विश्वास गरिएको छ।


































