बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

Image
Nisarga Hospital

बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर सोमबार दिउँसो १ बजेर १४ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उक्त भूकम्प मध्यम तीव्रताको रहेको छ।

CP Hospital Dhangadhi

यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले सानाठूला भूकम्प सामान्यतया आउने गरेको छ।

Attariya Hospital

स्थानियहरूले हल्का कम्पन महसुस गरेका छन् भने अहिलेसम्म ठूलो क्षति वा जनधनको क्षति भएको जानकारी प्राप्त भएको छैन। भूकम्प विशेषज्ञहरूले भने, “नेपाल भूकम्प संवेदनशील क्षेत्रमा पर्दछ, यस कारण सामान्य सतर्कता अपनाउन आवश्यक छ।”

nawajiwan

स्थानिय प्रशासन र सुरक्षा निकायले नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न सुझाएका छन्।