
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा आइतबार साँझ एयर क्यानडाको विमान र गाडी ठोक्किँदा दुई जना पाइलटको मृत्यु भएको छ। मोन्ट्रियलबाट ७२ जना यात्रु र चार जना चालक दलसहित आएको विमान अवतरणपछि धावनमार्गमा गुड्दा दुर्घटना भएको बीबीसीले जनाएको छ।


दुर्घटनामा विमानमा सवार ४१ जना यात्रु र चालक दलका सदस्य तथा गाडीमा रहेका दुई अधिकारीलाई अस्पताल लगिएको थियो। उपचारपछि ३२ जना डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर छ। विमान दुर्घटनाकालागि करिब २४ माइल प्रतिघण्टा गतिमा रहेको बताइएको छ।
यस घटनापछि ला गार्डिया विमानस्थलबाट हुने सबै उडान र अवतरण अर्को सूचना नभएसम्म रद्द गरिएको छ। अमेरिकन एयरलाइन्स, डेल्टा, साउथवेस्ट, युनाइटेड र एयर क्यानडा जस्ता ठूला एयरलाइन्सका सयौं उडान प्रभावित भएका छन्। प्रशासनले सोमबार दिउँसो २ बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ।
































