
डिवि विष्ट/ बझाङ : तलकोट गाउँपालिका वडा नम्बर २ बोहरा गाउँकि सुर्मा देवि बोहराको उमेर ६० बर्ष भयो । अहिले सम्मको यो उमेरमा उनले ढुक्क तरीकाले खानेपानीको जोहो गर्न पाउनु भएको थिएन । गाउँको छेउमा पुरानो धारा थियो । उक्त धारा बाट खानेपानीको जोहो गर्नका लागी घन्टौँ लाईनमा बस्नु पर्ने बाध्यात्मक परिस्थिती उनको थियो । तिरतिरे धाराको भरमा पर्दा समय वितेको पत्तो नै हुन्थेन । पालो कुर्नु पर्ने भएपछी गाउँ भन्दा अलि टाढा रहेको घट्टे खोलाको पानी ल्याएर पिउनु पर्ने उहाँको बाध्यता थियो । यो समस्याको सामना एउटै सुर्मा बोहराले मात्रै नभई ८५ बर्षिया बेलमति ऐडीले पनी उक्त समस्याको सामना गर्नु परेको थियो ।


अधिकांश समय त्यही खोलाको फोहोर पानी पिउनु पथ्र्यो । डोकोमा खानेपानी ल्याउने घणो (तामाको गाग्री) मा पानी बोकेर गुजरा चलाउनु पथ्र्यो । खोलाको पानीमा फोहोर नै फोहोर हुन्थ्यो । पशुचौपायले पिउने खोलाको पानी पशु सरह भएर आफुहरुले पनी सोही खोलाको पानी पिउनु पर्ने बाध्यात्मक अवस्था यहाँका उनिहरुको थियो ।
यो एउटै यि दुई जना महिलाको मात्रै समस्या नभई यहाँका सबै परिवारको साझा समस्या हो । गाउँको छेउमा भएको धारामा प्रसस्त मात्रामा पानी नआउदा घट्टेखोलामा पुगेर त्यही खोलाको फोहोर पानी पिउनु पर्ने अवस्था रहेको सुर्मा देवि बोहराले बताईन् ।


उनले भनिन् , ‘घट्टेखोला बाट डोकोमा पानी बोक्दा बोक्दै टाउकोमा भएको सबै कपाल समेत सक्कियो भन्दै उनले टाउको देखाईन् । एक अम्खरा पानीका लागी हामिहरुले तड्पिनु पर्ने बाध्यता थियो । गाउँ नजिकै खानेपानीका मुहान नभएको र अलि गाउँ भन्दा टाढा खानेपानीका मुहानहरु रहेको भएपनी सरकारले अहिले सम्म आफुहरुको समस्या सुन्न सकेको थिएन । गाउँलेहरु संग लगानी गरेर खानेपानी ल्याउन सक्ने आर्थिक अवस्था थिएन । हामीहरुका लागी खानेपानी आकासको फल आँखा तरी मर भने उखान सरह भएको थियो’। जंगलमा जाँदा खानेपानीका मुहान थिए । तर खानेपानी भने खोलाको पिउनु पर्ने अवस्था रहेको थियो ।
यो समस्या एउटै सुर्मा र बेमतिको मात्रै नभई बोहरागाउँ,म्यारी गाउँ,तिपा गाउँ र डाँडा गाउँका सबै नागरीकहरुको संयुत्त समस्या हो । आँखै अघि खोलामा दिसा पिसाब बगेको देख्दा देख्दै पनी खोला बाट पानी ल्याएर पिउनु पर्ने अवस्था थियो । उनिहरुको यो रहर नभई बाध्यता थियो । दुषित पानीका कारण यहाँका बालबालिका रसबै नागरीकहरुले पखाला, आँउ जस्ता रोगहरुको सिकार हुनु परेको थियो ।


तर अहिले भने यहाँका नागरीकहरुले यी समस्याहरु बाट छुटकारा पाएका छन् । तलकोट गाउँपालिकामा जलवायु परिवर्तन स्थानिय अनुकुलन (ल्याक) परियोजनाले खानेपानीका धारा नागरीकहरुको घरघरमा निर्माण गरी दिएपछी समस्या बाट छुटकारा पाएका हुन् ।
तलकोट गाउँपालिका र ल्याक परियोजनाको संयुत्त लगानीमा यहाँका नागरीकको घरघरमा एउटा एउटा खानेपानीका धारा निर्माण गरेपछी स्थानीयहरु दंग भएका छन् ।
बोहरा गाउँ,म्यारी, तिपा, डाडाँ खानेपानी उपभोत्ता समिति मार्फत जलवायु परिवर्तन स्थानीय अनुकलन परियोजना र तलकोट गाउँपालिकाको सहकार्य मार्फत खोनेपानी योजनाको काम सम्पन्न भएको गाउँ तलकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशव राज भट्टले बताए । गाउँमा खानेपानी नहुँदा निकै समस्या झेल्नु परेको थियो । समस्या बारे गाउँपालिकालाई जानकारी भएपनी पालिकामा सिमित स्रोत साधनका कारण अहिले सम्म खानेपानी निर्माण गर्न सकिएको थिएन । हामीहरु यस्तै सहयोगी संस्थाको खोजीमा थियौँ । भट्टले भने,अहिले तलकोट गाउँपालिका र ल्याक परियोजनाको सहयोगमा खानेपानी,सिचाई कुलो, विभिन्न आत्मनिर्भरका कामहरु गरी रहेको र यस परियोजनाले गाउँपालिकामा विकासको ईट्टा थप्ने कार्य गरेको बताए ।

परियोजना मार्फत ४ वटा टोलमा जम्मा ५५ वटा खानेपानीका धारा जडान गरी खानेपानी योजना सम्पन्न भएको परियोजनाका जिल्ला सल्लाहकार विरेन्द्र थापाले बताए । उनले भने, जलवायु परिवर्तन स्थानिय अनुकुलन परियोजना जिल्लाको तलकोट गाउँपालिका,खप्तडछान्ना गाउँपालिका,छविसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा लागु भएको छ । परियोजनाले जीविको पार्जन , सिचाई, खानेपानी, बन तथा वातारण सम्बन्धि विभिन्न कार्यहरु गर्दै आएको छ । जलवायु परिवर्तन स्थानिय अनुकुलन परियोजनाकी टिम लिडर सान्नालिना राउटेनन्न तलकोट गाउँपालिकामा पुगेर आईतबार खानेपानीको औपचारीक रुपमा उद्घाटन गरीएको बताए । परियोजना तलकोट गाउँपालिकाको सहकार्य र युरोपियन संघ फिडल्याण्ड सरकारको सहयोगमा संचालन भएको बताए ।
बर्षाै देखी खानेपानीका समस्याले व्याकुल भएका नागरिकहरुको घरघरमा खानेपानीका धारा भएपछी निकै खुःसी भएको उहाँको भनाई छ । बर्षौ देखीको समस्या बाट आफुहरुले छुटकारा पाएको भन्दै गाउँमा खुसीयाले समेत बनाएको समाजसेवि ज्ञान बहादुर बोहराले बताए ।





























