भारतको हैदराबादमा सुनचाँदी चोरी प्रकरण: तीन नेपाली पक्राउ, तीन फरार

Image
Nisarga Hospital

भारतको हैदराबादमा सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन नेपाली नागरिक पक्राउ परेका छन् भने अन्य तीन फरार छन्। कैलाली प्रहरीका अनुसार धनगढी–१२ बस्ने रुपा कुमारी सिंह र अछाम–८ ढकारीका पदम जैशी पक्राउ परेका छन्। सिंहको साथबाट ६२.५५ ग्राम सुनका गरगहना, ५१७.५४ ग्राम चाँदीका गरगहना, मोतीको माला, हरियो पथ्थर र अन्य सामग्री बरामद भएको छ।

CP Hospital Dhangadhi

दिल्लीबाट कैलाली–१ का कमल साउँद पनि नियन्त्रणमा लिइएको छ। उनका कोठाबाट चोरी गरिएका सुनचाँदीका विभिन्न गरगहना फेला परेको प्रहरीले जनाएको छ। फरार तीन जनाको नाम कैलाली–१ का प्रकाश जैशी, श्याम जैशी र टेक शाही रहेको छ। उनीहरूको खोजी भइरहेको छ।

Attariya Hospital

प्रहरीले घटनामा संलग्न सबैको छानबिन जारी राख्दै चोरी भएका गरगहनाको पूर्ण विवरण संकलन गरिरहेको छ। यस प्रकरणले सीमापारी अपराधमा नेपाली नागरिकको संलग्नता र यससँग सम्बन्धित अन्तरदेशीय प्रहरी समन्वयको आवश्यकतालाई उजागर गरेको छ।

nawajiwan