नेपाल फोटो पत्रकार महासंघ कैलालीमा रमित पाण्डे अध्यक्ष चयन

Image
Nisarga Hospital

धनगढीमा सम्पन्न नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको पाँचौँ जिल्ला अधिवेशनबाट रमित पाण्डे सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्। अधिवेशनले नयाँ कार्यसमितिसमेत गठन गरेको छ। उपाध्यक्षमा राजन जैगडी, सचिवमा लवदेव धामी, सहसचिवमा रक्षा बागचन, कोषाध्यक्षमा भरत रिमाल र सह–कोषाध्यक्षमा यमुना साउद रहेका छन्।

CP Hospital Dhangadhi

सदस्यहरूमा ज्ञानु राना, रोहित नागरी, साबित्रा जोशी, प्रमेश चौधरी र जगत साउँद चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष पाण्डेले फोटो पत्रकारिताको विकास, पेशागत सुदृढीकरण र पत्रकारहरूको हकहित संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशन अध्यक्ष दिनेश बिष्टको नेतृत्वमा र नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारिताको महत्व र यसलाई व्यवस्थित, मर्यादित तथा व्यवसायिक बनाउने आवश्यकता औँल्याए।

अध्यक्ष पाण्डेले प्रविधिमैत्री पत्रकारिता, फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणमा जोड दिने बताए। साथै, पत्रकारहरूको हकहित संरक्षणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता पनि जनाए।

यो कदम कैलालीमा फोटो पत्रकारितालाई थप व्यवस्थित र सशक्त बनाउने दिशामा महत्वपूर्ण साबित हुने अपेक्षा गरिएको छ।