चीन–नेपाल सम्बन्धमा नयाँ गति: प्रधानमन्त्री बालेनलाई चीनको बधाई र सहकार्य विस्तार प्रतिबद्धता

Image
Nisarga Hospital

चीनका प्रधानमन्त्री Li Qiang ले नेपालका नवनियुक्त प्रधानमन्त्री Balen Shah लाई हार्दिक बधाई दिँदै द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बधाई सन्देशमार्फत उनले नेपाल र चीनबीचको परम्परागत मैत्री सम्बन्धलाई अझ मजबुत बनाउने संकेत दिएका हुन्।

CP Hospital Dhangadhi

लीले दुई देशबीच पहाड र नदीले जोडिएको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै ७१ वर्षदेखि ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’का आधारमा सम्बन्ध अघि बढ्दै आएको बताएका छन्। उनले नेपाल सरकारको सुशासन प्रयासमा चीनको निरन्तर समर्थन रहने र नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताप्रति सम्मान रहने स्पष्ट पारेका छन्।

Attariya Hospital

साथै, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मार्फत पूर्वाधार, व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। चीन–नेपाल रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्‍याउँदै विकास र समृद्धिमा सहकार्य बढाउनेमा दुवै देश केन्द्रित रहने सन्देशमा उल्लेख गरिएको छ।

nawajiwan