ओली–लेखक पक्राउविरुद्ध एमाले कैलाली आक्रोशित, रिहाइको मागसहित सरकारलाई ध्यानाकर्षण

Image
Nisarga Hospital

पूर्वप्रधानमन्त्री K. P. Sharma Oli र पूर्वगृहमन्त्री Ramesh Lekhak पक्राउ प्रकरणलाई लिएर नेकपा (एमाले) कैलालीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। जिल्ला कमिटीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री Balen Shah लाई ध्यानाकर्षण पत्र बुझाउँदै दुवै नेताको बिना सर्त रिहाइको माग गरेको हो।

CP Hospital Dhangadhi

जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाको नेतृत्वमा एमाले कार्यकर्ताहरू र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए। पार्टीले ओली र लेखकको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भन्दै कडा निन्दा तथा भत्र्सना गरेको छ।

Attariya Hospital

पत्रमा नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकका आधारमा गरिएको गिरफ्तारीले संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आक्रमण भएको आरोप लगाइएको छ। साथै, २०८२ भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन खारेज गरी बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ आयोग गठन गर्न पनि माग गरिएको छ।

nawajiwan

त्यसैगरी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन, तथा लिपुलेक क्षेत्रमा भइरहेको व्यापारिक गतिविधि रोक्न सरकारसँग पहल गर्न आग्रह गरिएको छ। ध्यानाकर्षण पत्र बुझाउनु अघि एमालेले पार्टी कार्यालयदेखि जिल्ला प्रशासनसम्म विरोध प्रदर्शनसमेत गरेको थियो।