
सरकारी जागिर लगाइदिने र विभिन्न अनुदान उपलब्ध गराइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्ति कैलालीमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डोटीको आदर्श गाउँपालिका–२ घर भई हाल गोदावरी नगरपालिका–६ लालपुर बस्दै आएका ३३ वर्षीय तुलाराम कोलीलाई उनकै घरबाट पक्राउ गरिएको हो । उनलाई हिरासतमा राखी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म कोलीविरुद्ध करिब १ करोड २० लाख रुपैयाँ बराबरको ठगी गरेको आरोपमा १० वटा उजुरी दर्ता भएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
































