आईपिएल क्रिकेटमा मुम्बई इन्डियन्सको ऐतिहासिक रन चेज, कोलकातामाथि रोमाञ्चक जित

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित निकाल्दै सिजनको आकर्षक सुरुवात गरेको छ। वनखेडे मैदानमा आइतबार राति भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो।

CP Hospital Dhangadhi

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ४ विकेटको क्षतिमा २२० रनको विशाल योगफल बनायो। २२१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाउँदै २२४ रन बनायो र ऐतिहासिक रन चेज पूरा गर्‍यो।

Attariya Hospital

मुम्बईका लागि कप्तान रोहित शर्मा र रायन रिकेल्टनले विस्फोटक सुरुवात दिलाए। शर्माले ७८ रन बनाउँदा रिकेल्टनले ८१ रनको उत्कृष्ट इनिङ खेले। दुवैबीच १४८ रनको ओपनिङ साझेदारी भयो, जुन आईपीएल इतिहासकै दोस्रो ठूलो ओपनिङ पार्टनरशिप हो। मुम्बईको जितलाई यस सिजनको बलियो संकेतका रूपमा हेरिएको छ।

nawajiwan