
धनगढीः दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलमा भएको जीप दुर्घटनाका घाइतेहरूको उपचार धनगढीस्थित माया मेट्रो अस्पतालमा भइरहेको छ। सिँचाइ कार्यालय दार्चुलाले भाडामा प्रयोग गरेको सुप्रप ०१–००१ ज १६४१ नम्बरको जीप बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।


घाइतेमध्ये अकबर महरा, जीप चालक प्रकाश ठगुन्ना र मीनबहादुर पाललाई हेलिकप्टरमार्फत धनगढी ल्याई उपचार सुरु गरिएको अस्पतालका पीआर म्यानेजर जगत महताले जानकारी दिए। एक जना घाइते विक्रम महरा भने सामान्य अवस्थामा रहेकाले उनको दार्चुलामै उपचार भइरहेको छ।

दुर्घटनामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितराको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

































