घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सुरु

Image
Nisarga Hospital

कैलालीको घोडाघोडी नगरपालिकाले नागरिकलाई सहजता प्रदान गर्न निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ।

CP Hospital Dhangadhi

सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पुर्‍याउन परिवारले भोग्दै आएको कठिनाइलाई ध्यानमा राखी सेवा सुरु गरिएको नगरप्रमुख खडकबहादुर रावतले बताए। उनका अनुसार दुःखको समयमा नागरिकले आर्थिक तथा व्यवस्थापकीय समस्या झेल्न नपरोस् भन्ने मानवीय उद्देश्यले यो सेवा ल्याइएको हो। यसले महँगो भाडा तिर्नुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास गरिएको छ।

Attariya Hospital

नगरपालिकाले ठेक्का प्रक्रियामार्फत करिब २८ लाख ८९ हजार रुपैयाँको लागतमा आधुनिक सुविधासम्पन्न शववाहन खरिद गरेको जनाएको छ। नगरप्रमुख रावतले यस सेवाले विपन्न तथा सर्वसाधारण नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

nawajiwan