
बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णु को पूजा गर्ने दिन मानिन्छ। आज व्रत बस्दा धन, सन्तान र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। साथै, माता लक्ष्मी को पनि विशेष पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्दा शुभ मानिन्छ, विशेषतः अनुराधा नक्षत्र परेमा अझ फलदायी हुन्छ।


बिहान स्नानपछि पहेँलो वस्त्र धारण गरी पहेँलो फूल र चन्दनबाट प्रसाद तयार पारेर भगवानलाई अर्पण गरिन्छ। यसरी पूजा गर्दा विष्णुको कृपा घरमा कायम रहने विश्वास छ। व्रत ७ देखि १३ महिनासम्म बस्ने परम्परा छ। व्रतको दिन ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जप गर्नु विशेष फलदायी मानिन्छ।






























