बैतडीको पुर्चौडीमा कक्षा ९ की छात्रा मृत फेला, रहस्यमय मृत्युले क्षेत्र शोकमग्न

Image
Nisarga Hospital

बैतडीको पुर्चौडी नगरपालिकामा एक स्कुले किशोरी मृत अवस्थामा फेला परेकी छन्। पुर्चौडी नगरपालिका–३ न्वादेउ पोखरा घर भई वडा नं. ४ भटनास्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गमला पार्की मृत अवस्थामा फेला परेकी हुन्।

CP Hospital Dhangadhi

उनको रहस्यमय मृत्युले स्थानीय क्षेत्रमा शोकको माहोल सिर्जना गरेको छ। घटनाको प्रकृतिलाई लिएर स्थानीयवासीले गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। विद्यालय र आसपासको वातावरणसमेत स्तब्ध बनेको छ।

Attariya Hospital

परिवारजनमा गहिरो पीडा छाएको छ। स्थानीयहरूले घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न र दोषी पाइए कडा कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको बताइएको छ। थप विवरण आउन बाँकी छ।

nawajiwan
Advertize US