
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको गम्भीर आरोप लागेको छ। अमेरिका बस्ने एक युवतीले करिब एक वर्षअघि लम्सालले आफ्नो इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्।

पीडित युवतीका अनुसार पारिवारिक चिनजानका कारण उनले लम्साललाई भेटेकी थिइन्। मानसिक समस्या सुनाइरहँदा लम्सालले अपार्टमेन्टमा लगेर जबर्जस्ती गरेको उनको आरोप छ। उक्त घटनापछि आफू थप मानसिक रूपमा प्रभावित भएको उनले उल्लेख गरेकी छन्।

युवतीले फेसबुक पोस्टमा सागर लम्साललाई ट्याग गर्दै सम्पूर्ण घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेकी छन्। पारिवारिक रूपमा नजिकको सम्बन्ध रहेको र उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्ने गरेको पनि बताइएको छ।

पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरै प्रयोगकर्ताले लम्सालसँग स्पष्टीकरण मागेका छन्। तर लम्सालले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् र उनको मोबाइल पनि सम्पर्कमा नआएको जनाइएको छ।






























