
सरकारले सुदूरपश्चिमका २३ सहित देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूलाई विभिन्न स्थानीय तहमा खटाउने निर्णय गरेको हो।

बैतडीको डिलाशैनी गाउँपालिकामा लोकेन्द्रसिंह नेगीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको छ। दार्चुलाका मालिकार्जुनमा विष्णु साहनी, अपिहिमालमा लोकेन्द्रबहादुर विष्ट र व्याँसमा हरि पौडेल खटिएका छन्।
डडेल्धुराको आलितालमा कृष्णानन्द जोशी र नवदुर्गामा दुर्गादत्त भट्टलाई खटाइएको छ। बझाङका विभिन्न गाउँपालिकामा लक्ष्मीप्रसाद उपाध्याय, शम्भु ठकुल्ला, शिवराज जोशी, टेकबहादुर रावत, सुभाष खड्का र चन्द्रदेव जोशीलाई जिम्मेवारी दिइएको छ।


बाजुराका तीन गाउँपालिकामा रमेशसिंह भण्डारी, टेकबहादुर मौनी र हेमन्त चुनारा खटाइएका छन्। अछाममा कृष्णप्रसाद पौड्याल, कमलप्रसाद पराजुली र सुरेशप्रसाद जोशीलाई पठाइएको छ।
डोटीमा डिल्लीराम भट्ट, नवीनकुमार खड्का र भुवनराज पाण्डे तथा कैलालीका बर्दगोरिया र कैलारी गाउँपालिकामा धर्मबहादुर थारु र दलबहादुर धामीलाई खटाइएको मन्त्रालयले जनाएको छ।
































