
धनगढीबाट अछामतर्फ जाँदै गरेको ईभी डोटीमा दुर्घटना भएको छ। शनिबार बिहान दिपायल सिलगढी नगरपालिका–५ चिसापानीमा सु.प.प्र. ०२–००१ ज ०२३९ नम्बरको ईभी अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा सवार १५ जनामध्ये ४ जना घाइते भएका छन्। घाइतेहरूको हाल शैलेश्वरी अस्पताल मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनाको कारणबारे प्रारम्भिक छानबिन जारी रहेको जनाइएको छ।































