धनगढीमा व्यवसायीमाथि निर्मम कुटपिट, परिवारकै अगाडि आक्रमण

Image
Nisarga Hospital

चैत १६ गते राति करिब १:३५ बजे धनगढी–४ दक्षिणकाली मार्गस्थित ६ लेन सडकमा व्यवसायी विकास सिङ्घलमाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। पारिवारिक जमघटबाट फर्किएका सिङ्घल आफ्नै घर अगाडिको पार्किङमा पुगेका बेला चार जना युवाले आक्रमण गरेका हुन्।

CP Hospital Dhangadhi

घटनाका क्रममा श्रीमती डाक्टर अनिसा अग्रवाल र पाँच वर्षीया छोरीकै अगाडि उनलाई मरणासन्न हुने गरी कुटपिट गरिएको बताइएको छ। आक्रमणबाट सिङ्घलको करङ, नाकको डाँडी भाँचिनुका साथै टाउको, दाँत र अनुहारमा गम्भीर चोट लागेको छ। हाल उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Attariya Hospital

ईभी हायस गाडी हटाउन चालकलाई बोलाउँदा सडकपारिबाट आएका युवाले अचानक आक्रमण गरेको श्रीमती अग्रवालको भनाइ छ। उनीहरूले तीन पटकसम्म फर्केर कुटपिट गरेको दाबी गरिएको छ।

nawajiwan

घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरे पनि किटानी जाहेरी नआएकाले हाजिरी जमानीमा छोडिएको जनाएको छ। प्रहरीले जाहेरी आएपछि थप अनुसन्धान र कारबाही गरिने बताएको छ।