देउडा संस्कृति जोगाउने प्रतिबद्धता सहित कैलालीको अत्तरियामा तेस्रो साधारण सभा सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः देउडा संस्कृति संरक्षण प्रतिष्ठानको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका देउडा गायक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

कार्यक्रमको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएकाले यसको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले प्रतिष्ठानको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन भूमि आयोगसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले पछिल्लो समय देउडा संस्कृतिमा देखिएका विकृति रोक्न आवश्यक रहेको उल्लेख गर्दै संस्थाले सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा शाखा विस्तार गरिरहेको जानकारी दिए।

साधारण सभामा संस्थाले एक वर्षमा गरेका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। सहभागीहरूले देउडा गीत, संस्कृति संरक्षण र पुस्तान्तरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। साथै, सदस्यता विस्तार र संस्थागत सुदृढीकरणबारे पनि छलफल भएको थियो। कार्यक्रममा देउडा क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Dhnagadhi & Krishanapur