गोदावरी धाम हनुमान मन्दिर सेवा समितिमा नरेन्द्र शाही पुनः अध्यक्ष

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी धाममा रहेको हनुमान मन्दिर सेवा समितिको पाँचौँ साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। साधारण सभाले नरेन्द्र बहादुर शाहीलाई पुनः अध्यक्षमा चयन गरेको हो।

CP Hospital Dhangadhi

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. नर बहादुर मौनी, सचिवमा टेकराज भट्ट, सह–सचिवमा तेजराज भट्ट र कोषाध्यक्षमा तारा श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रा.डा. डम्बर पाल, सिद्धार्थ श्रेष्ठ, लोकनाथ तिमिल्सिना, प्रेम बहादुर कुवर, अनिष सिंह र योगेश भट्ट निर्वाचित भएका छन्।

समितिमा नीरज शाह र दिनेश बाजी रिजाललाई मनोनित सदस्यका रूपमा समावेश गरिएको जनाइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैबीच, साधारण सभाबाट नवराज जोशीको नेतृत्वमा सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। नवगठित कार्यसमितिले मन्दिर व्यवस्थापन, धार्मिक गतिविधि सञ्चालन तथा संरचना संरक्षणमा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।

Dhnagadhi & Krishanapur