जाहेरी नआएपछि कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान अलमलमा, सार्वजनिक शान्ति मुद्दामा थुनामा राख्ने तयारी

Image
Nisarga Hospital

कलाकार सागर लम्साल ‘बले’ विरुद्ध सामाजिक सञ्जालमा उठेको बलात्कारसम्बन्धी आरोपपछि प्रहरी अनुसन्धान अलमलमा परेको छ। अमेरिकामा बस्ने एक युवतीले आफू बलेबाट बलात्कृत भएको दाबी गर्दै फेसबुकमा लामो स्ट्याटस लेखेकी थिइन्। तर हालसम्म पीडित पक्षबाट औपचारिक जाहेरी नआएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार संवेदनशील विषयमा सार्वजनिक आरोप आएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनले भने, “जाहेरी नआएसम्म हामी प्रारम्भिक अनुसन्धानमै छौँ, आवश्यक परे होल्ड गरेर बुझ्ने काम भइरहेको छ।”

प्रहरीका अनुसार हालसम्म कुनै औपचारिक उजुरी दर्ता नभएकाले उनीविरुद्ध बलात्कारसम्बन्धी मुद्दा अघि बढाउन कानुनी आधार कमजोर देखिएको छ। त्यसैले उनलाई तत्काल सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा राख्ने तयारी गरिएको छ।

nawajiwan
Attariya Hospital

प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा राख्ने कानुनी प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ। जाहेरी नआएसम्म सोही आधारमा अनुसन्धान जारी रहने प्रहरीले स्पष्ट पारेको छ।

यस घटनाले सामाजिक सञ्जालमा आउने आरोप र कानुनी प्रक्रियाबीचको संवेदनशील सम्बन्धबारे पुनः बहस सुरु भएको छ।