नेपाल टेलिकममा ठूलो सुधार : डाटा सकिँदा स्वतः ब्यालेन्स कट्ने व्यवस्था अन्त्य

Image
Nisarga Hospital

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम मा सेवा सुधारका व्यापक काम सुरु भएका छन्। सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिना को पहलमा अब डाटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स कट्ने व्यवस्था हटाइएको छ, जसले उपभोक्तालाई राहत दिने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

नयाँ व्यवस्थाअनुसार ग्राहकले ९० प्रतिशत डाटा खपत हुँदा सूचना पाउनेछन्। साथै ‘PAYG’ विकल्पमार्फत इन्टरनेट जारी राख्ने वा नयाँ प्याकेज लिनेबारे छनोट गर्न सकिनेछ। प्राधिकरणका प्रवक्ता रविन्द्र मानन्धर का अनुसार यो प्रणाली परीक्षण चरणमा रहेकाले छिट्टै पूर्ण कार्यान्वयनमा आउनेछ।

Attariya Hospital

यसैगरी, ‘वान टाइम केवाईसी’ लागू गरी एकपटक दिएको विवरण पुनः पेश गर्नुपर्ने झन्झट हटाइनेछ। इ–सिम, गुनासो व्यवस्थापन, सिम पुनःप्राप्ति र स्वामित्व हस्तान्तरणजस्ता सेवा पूर्ण रूपमा अनलाइन बनाइने योजना छ।

nawajiwan

फोरजी सेवाको गुणस्तर सुधार, ‘एकल बिन्दु सेवा’ कक्ष स्थापना र डिजिटल प्लेटफर्म विस्तारलाई प्राथमिकतामा राखिएको छ। यी सुधारले सेवा सहज, पारदर्शी र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ।