
बिहीबार देवगुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधनाको पावन दिन मानिन्छ। आजको व्रतले धन, सन्तान र विद्याको प्राप्ति हुने धार्मिक विश्वास छ। साथै लक्ष्मीको आराधनाले घरमा समृद्धि र सुख–शान्ति कायम रहने मान्यता रहेको छ। शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिने यो व्रत अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ।

व्रतका दिन बिहान स्नान गरी पहेँलो वस्त्र धारण गरिन्छ। पहेँलो फूल र चन्दन मिश्रित प्रसाद भगवानलाई अर्पण गरी भक्तिभावले पूजा गरिन्छ। यसरी आराधना गर्दा विष्णुको कृपा सधैँ घरमा रहने विश्वास गरिन्छ। व्रत ७ देखि १३ महिनासम्म निरन्तर बस्नुपर्ने परम्परा छ। साथै ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्दा विशेष पुण्य प्राप्त हुने धार्मिक आस्था छ।




























