
प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सिफारिसका आधारमा प्रधानमन्त्रीले यस्तो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि सभापति लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गर्न र स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। उनले पठाएको पत्रमा पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिन कडाइ गर्नुपर्ने उल्लेख गरिएको थियो।
पत्रमा पदीय जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएको भन्दै मन्त्री मेहतालाई सचेत गराउनुपर्ने औंल्याइएको थियो। पार्टी विधानअनुसार आवश्यक कारबाहीका लागि यस्तो कदम सिफारिस गरिएको पनि जनाइएको छ।
उक्त सिफारिसअनुसार नै प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएका हुन्। मन्त्री मेहता चैत १३ गते मात्रै पदमा नियुक्त भई कार्यभार सम्हालेकी थिइन्।






























