‘मालिका हाते कागज’मा अनुगमनसँगै आर्थिक अनियमितताको निष्पक्ष छानबिन माग

Image
Nisarga Hospital

रमेश बहादुर सिंह /बझाङ: जयपृथ्वी नगरपालिका वडा नं. १ मा रहेको लामो समयदेखि बन्द अवस्थामा रहेको ‘मालिका हाते कागज’ उद्योगको आज स्थलगत अनुगमन गरिएको छ। वडा अध्यक्ष डम्बर बहादुर सिंहको नेतृत्वमा वडा प्रहरी कार्यालय बझाङको टोलीले उद्योग पुगेर अवस्था अवलोकन गरेको हो।

CP Hospital Dhangadhi


अनुगमनका क्रममा उद्योगको भौतिक अवस्था, संरचना तथा सञ्चालन सम्भावनाबारे जानकारी लिइएको थियो। लामो समयदेखि उद्योग बन्द रहँदा स्थानीय स्तरमा रोजगारी तथा आर्थिक गतिविधि प्रभावित भएको बताइएको छ।

यसैबीच, युवा नेता सुनिल सिंहले उद्योगको निष्पक्ष छानबिन तथा पुनः सञ्चालनका लागि काठमाडौँस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएका थिए। सोही पहलपछि सम्बन्धित निकायले चासो देखाउँदै स्थलगत अनुगमन प्रक्रिया अघि बढाएको हो।
स्थानीय सरोकारवालाहरूले भने उद्योग बन्द हुनुका कारणबारे हालसम्म स्पष्ट जानकारी नआएको भन्दै आर्थिक अनियमितता भएको आशंकामा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। आजसम्म भएका आर्थिक गतिविधि र सम्भावित अनियमितताको गहिरो अध्ययन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ छ।

nawajiwan
Attariya Hospital

वडा अध्यक्ष सिंहले अनुगमनपछि उद्योगको वास्तविक अवस्था मूल्याङ्कन गरी आवश्यक प्रक्रिया अघि बढाइने र उठेका विषयहरू सम्बन्धित निकायसम्म पुर्‍याइने बताए। उनले उद्योग पुनः सञ्चालनसँगै पारदर्शिता कायम गर्न पनि जोड दिइने उल्लेख गरे।
स्थानीयवासीहरूले ‘मालिका हाते कागज’ पुनः सञ्चालनसँगै विगतका आर्थिक पक्षहरूको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कारबाही हुनुपर्ने माग गरेका छन्।