
कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका–१ गोजे कुमगडा क्षेत्रमा बिहीबार साँझ भएको जिप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

आज बिहिवार चैत २६ गते साँझ करिब ६ बजेर ५ मिनेटमा पहरीया–कुमगडा भित्री कच्ची सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप(बलेरो) अनियन्त्रित भई करिब ५०/६० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परेर कृष्णपुर नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


जिपमा सवार अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये चालक २४ वर्षीय कृष्णपुर १ का अर्जुन साउदको अवस्था गम्भीर(टाउको द शरिरमा चोट) रहेको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनामा परी घाइते भएकाहरूलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ।
अन्य घाईतेहुनेहरुमा कृष्णपुर-१ का अन्दाजी वर्ष ३० की धनसरी बोहरा, वर्ष १३ कि सरिता बोहरा, वर्ष १५ कि भावना पार्की, वर्ष १४ कि रेशमा घटाल र भिमदत्त नगरपालिका तिल्केनी बस्ने वर्ष ५० कि गंगा विष्ट रहेका छ्न्। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पहरीया र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि ईलाका प्रहरी कार्यालय झलारीबाट समेत थप प्रहरी परिचालन गरिएको थियो।






























