शुक्रबारको व्रत: लक्ष्मी प्रसन्नता र सुख–समृद्धिको विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीहरूले शुक्रबारका दिन लक्ष्मी मातासँगै सन्तोषी माता र वैभवलक्ष्मीको श्रद्धापूर्वक पूजा–आराधना गर्छन्। यस दिन अन्नपूर्णेश्वरी र दुर्गा भवानीको पनि विशेष पूजा गर्ने परम्परा रहेको छ। धर्मशास्त्रअनुसार विधिपूर्वक व्रत बस्दा आर्थिक अवस्था सुदृढ हुने विश्वास गरिन्छ।

CP Hospital Dhangadhi

व्रत बस्नेहरूले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नु उत्तम मानिन्छ भने अमिलो परिकार खानु वर्जित छ। यस दिन सेतो वस्त्र धारण गर्ने, घरमा खीर पकाई गरिबलाई वितरण गर्ने चलन पनि छ, जसले घरमा समृद्धि आउने जनविश्वास छ।

Attariya Hospital

शुक्रबार सन्तोषी माताको व्रत बस्दा मनोकामना पूरा हुने र परिवारमा सुख–शान्ति बढ्ने मानिन्छ। साथै शुक्र ग्रह शान्तिका लागि सेतो वस्तु तथा चन्दन, चिनी, सुगन्धजस्ता सामग्री दान गर्नाले जीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिन्छ।

nawajiwan