नवजिवन सहकारीमा सदस्य हित कार्यक्रम विस्तार, आर्थिक सूचकमा निरन्तर वृद्धि

Image
Nisarga Hospital

कैलालीः देशभर विभिन्न सहकारी संस्थामा समस्या देखिइरहेका बेला धनगढीमा मुख्य कार्यालय रहेको नवजिवन सहकारी संस्था भने आर्थिक सबलता र सदस्य हित कार्यक्रममार्फत निरन्तर प्रगतिको बाटोमा अघि बढिरहेको छ।

CP Hospital Dhangadhi

२०५० सालमा स्थापना भई कारोबार सुरु गरेको यस सहकारीले छोटो अवधिमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। संस्थाले सेयर पुँजी, जगेडा कोष तथा कुल बचतमा उल्लेखनीय वृद्धि गरेको जनाएको छ।

nawajiwan

फागुन मसान्तसम्म सहकारीको सेयर पुँजी ३४ करोड २९ हजार २ सय रुपैयाँ पुगेको छ भने जगेडा कोष ५९ करोड ५४ लाख २९ हजार ७ सय ३ रुपैयाँ ३४ पैसा पुगेको छ। त्यस्तै कुल बचत रकम ५ अर्ब ४५ करोड १८ लाख ९६ हजार ४ सय ६९ रुपैयाँ ८३ पैसा रहेको छ। नगद मौज्दात १ अर्ब ९३ करोड ७८ लाख ८२ हजार ४ सय ५८ रुपैयाँ ३२ पैसा रहेको संस्थाले जनाएको छ। स्थिर सम्पत्ति पनि २० करोड २७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ ७ पैसा पुगेको छ।

महाप्रबन्धक डम्मर सिंह गुरुङका अनुसार “जन्मदेखि मृत्युसम्म नवजिवन” भन्ने नारासहित सञ्चालन गरिएको सदस्य हित कार्यक्रमले सहकारीप्रति आकर्षण बढाएको छ।

“सदस्य हितमा आधारित कार्यक्रमले विश्वास बढाएको छ र सहकारी निरन्तर विस्तार हुँदै गएको छ,” उनले बताए।

Attariya Hospital

चार वर्षअघि करिब ३० हजार सदस्य रहेको सहकारीमा अहिले झण्डै ४० हजार सदस्य पुगेका छन्। कार्यक्रमअन्तर्गत सुत्केरी स्याहार खर्च, उपचार सहयोग, अंग प्रत्यारोपणका लागि एक लाख रुपैयाँसम्म सहयोग तथा सदस्यको मृत्यु भएमा २० हजार रुपैयाँसम्म दाहसंस्कार खर्च प्रदान गरिँदै आएको छ।

अध्यक्ष देव बहादुर बमका अनुसार सहकारीले खाद्य उद्योग सञ्चालन गरी आफ्नै ब्राण्डको चामल सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ।

त्यस्तै आधुनिक बैंकिङ सफ्टवेयर, मोबाइल तथा एसएमएस बैंकिङ सेवा र एटीएम सेवा सञ्चालनमा ल्याइएपछि सेवा प्रवाह अझ सहज भएको छ।

सञ्चालक समितिका पदाधिकारीले ऋण लिन नपाउने व्यवस्था गरिएको कारण आर्थिक अनुशासन कायम भई रकम दुरुपयोगको सम्भावना न्यून भएको सहकारीले जनाएको छ।

पारदर्शिता, सेवा विस्तार र सदस्य हितलाई केन्द्रमा राख्दै नवजिवन सहकारी संस्था उदाहरणीय सहकारीका रूपमा अघि बढिरहेको दाबी गरिएको छ।