
अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। शनिबार साँझ से २ त १५१२ नम्बरको ट्याक्टर र सुप प्र ०१००८ प ५७८८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक, गोदावरी नगरपालिका–६ लालपुरका ४२ वर्षीय दीपक बोगटी गम्भीर घाइते भएका छन्। साथै, एक महिलासमेत सामान्य घाइते भएकी छन्, तर उनको पहिचान खुल्न सकेको छैन।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुवै घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार लापरवाहीका कारण दुर्घटना भएको आशंका गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







































