कैलाली दुर्घटनामा युवकको मृत्यु, बोलेरो–मोटरसाइकल ठोक्किँदा एकको ज्यान गयो

Image
Nisarga Hospital

कैलालीमा बोलेरो पिकअप जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन्।

CP Hospital Dhangadhi

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फुलबारीका २२ वर्षीय राम मिलन चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको भए पनि उपचारकै क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बोलेरो पिकअप र चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको आशंका गरिएको छ। स्थानीयले राजमार्गमा सवारी दुर्घटना बढ्दै गएको भन्दै नियन्त्रणका लागि कडा कदम आवश्यक रहेको बताएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur