होर्मुज तनावले विश्व बजारमा तेलको आगो : मूल्य १०० डलर नाघ्यो

Image
Nisarga Hospital

अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास असफल भएपछि विश्व ऊर्जा बजारमा ठूलो उथलपुथल देखिएको छ। रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने अमेरिकी निर्णयपछि कच्चा तेलको मूल्य सोमबारै १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ।

CP Hospital Dhangadhi

Brent Crude फ्यूचर ७.६० डलरले बढ्दै १०२.८० डलर पुगेको छ भने West Texas Intermediate ८.३१ डलरले बढेर १०४.८८ डलरमा पुगेको छ। इरानबाट तेल निर्यात अवरुद्ध हुने डरले लगानीकर्ताहरूमा गहिरो चिन्ता बढेको छ।

Attariya Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले होर्मुजमा नाकाबन्दी घोषणा गरेपछि इरानसँग सम्बन्धित करिब २० लाख ब्यारेल तेल प्रवाह प्रभावित हुने अनुमान गरिएको छ।

nawajiwan

इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकी कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ भने साउदी अरबले आफ्नो क्षतिग्रस्त पाइपलाइन पुनः सञ्चालनमा ल्याई दैनिक ७० लाख ब्यारेल आपूर्ति क्षमताको जानकारी दिएको छ। यस तनावले विश्व ऊर्जा बजार अझै अस्थिर बन्ने देखिएको छ।