धनगढीमा शैक्षिक क्रान्ति : उत्कृष्ट नतिजा ल्याउने २५ विद्यालय सम्मानित

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले कक्षा ८ को उपमहानगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने २५ विद्यालयलाई सम्मान गरेको छ। शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने १० सामुदायिक र १५ संस्थागत विद्यालयलाई विशेष कार्यक्रममार्फत पुरस्कृत गरिएको हो।

CP Hospital Dhangadhi

सामुदायिकतर्फ वेहडाबाबा, शारदा, सिद्धार्थ, सर्वोदय, इन्द्रोदय, पञ्चोदय, शारदा देवरिया, जनप्रिय, ठेकराज र चन्द्रोदय मावि सम्मानित भए। संस्थागततर्फ सिद्धार्थ विद्या मन्दिर, मयूर, गुरुकुल, जेसिज एभरेस्ट, ग्लोबल मोडर्न, पञ्चकोटी, नन्दिनाज, अपि, गोल्डेन ज्योति, केदारनाथ, सिद्धार्थ इन्टरनेशनल, दरबार, ग्यालेक्सी र डिलाइट विद्यालय उत्कृष्ट घोषित भए।

यस वर्षको सम्मान कार्यक्रम ब्यान्ड–बाजासहित भव्य रूपमा सम्पन्न गरिएको थियो, जसले विद्यार्थी, शिक्षक र विद्यालयलाई थप उत्साहित बनाएको छ। कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख गोपाल हमालले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्न यस्तो सम्मान परम्परा सुरु गरिएको बताए।

nawajiwan
Attariya Hospital

उनका अनुसार २०७९ मा ९.४७ प्रतिशत रहेको सामुदायिक विद्यालयको नतिजा २०८२ सम्म आइपुग्दा ५० प्रतिशतभन्दा माथि पुगेको छ। २०८२ को परीक्षामा ४३ विद्यालयका २,५४३ विद्यार्थीमध्ये १,२७३ उत्तीर्ण भएका छन्, जुन उल्लेखनीय सुधार हो।

प्रधानाध्यापकहरूले यस पहलले जिम्मेवारीबोध बढाएको र आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने प्रेरणा मिलेको बताएका छन्। उपमहानगरले पूर्वाधार विकास, शिक्षक क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ।