नेपाल सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

Image
Nisarga Hospital

सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका तथा इरानबीचको युद्धका कारण रोकिएको श्रम स्वीकृति अब पुनः सञ्चालनमा ल्याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

CP Hospital Dhangadhi

मन्त्रालयको ३१ चैत २०८२ को मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानमा पुनः श्रम स्वीकृति खुला गरिएको हो। इराकका हकमा भने ११ पुस २०८२ को निर्णयअनुसार प्रक्रिया अघि बढाइने वैदेशिक रोजगार विभागले स्पष्ट पारेको छ।

Attariya Hospital

यसअघि १७ फागुन २०८२ मा पश्चिम एसिया तथा खाडी मुलुकहरूमा श्रम स्वीकृति र पुनः श्रम स्वीकृति स्थगन गरिएको थियो। सुरक्षा जोखिम बढेपछि यस्तो निर्णय गरिएको थियो।

nawajiwan

पछि ३ चैत २०८२ मा केही देशहरूको स्वीकृति खुला गरिसकिएको थियो भने बाँकी देशहरूका लागि परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’को सिफारिसमा निर्णय गरिएको हो। मन्त्रालयले परिस्थिति सामान्य बनेपछि मात्र बाँकी श्रम स्वीकृति खुलाइने जनाएको छ।

Advertize US