बालविवाहविरुद्ध बझाङको आवाज: समन्वय, प्रतिबद्धता र परिवर्तनको संकेत

Image
Nisarga Hospital

बझाङः सुदूरपश्चिमका दुर्गम पहाडहरूमा अझै पनि परम्परा र अभावका नाममा बालविवाहका घटना लुकेरै भइरहेका छन्। यिनै यथार्थलाई चिर्दै बझाङ जिल्लाबाट एउटा नयाँ पहल सुरु भएको छ । बालविवाह अन्त्यतर्फको संगठित, समन्वित र उद्देश्यपूर्ण कदमकाे सुरूवात भएको हाे ।

CP Hospital Dhangadhi

“सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने” साझा लक्ष्य बोकेर नागरिक समाजका विभिन्न संस्थाहरू एकै ठाउँमा उभिएका छन्। जि एन बि नेपाल, युवालय, भिजनरी भ्वाईस नेपाल, सामाजिक विकासको लागि सचेत समाज, प्रगतिशील युवा समाज (PYS) र जि एन बि ग्लोबल का प्रतिनिधिहरूले संयुक्त रूपमा बझाङ जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा समक्ष ध्यानाकर्षण सहितको अनुरोध पत्र हस्तान्तरण गरिएकाे छ ।

nawajiwan

यो केवल एउटा औपचारिक कार्यक्रम मात्रै नभई,यो बझाङको सामाजिक यथार्थ, बालिकाहरूको भविष्य र राज्यको जिम्मेवारीबारे गम्भीर संवादको सुरुवात थियो।

यथार्थको जमिनबाट उठेको आवाज
टोलीले बझाङको दुर्गम भेगसम्म पुगेर बालविवाहको जरा बुझ्ने प्रयास गरेको थियो। उनीहरूले देखेको यथार्थ स्पष्ट थियो—शिक्षाको अभाव, गरिबी, सामाजिक सोच र कमजोर कार्यान्वयनका कारण बालविवाह अझै पनि चुनौतीका रूपमा विद्यमान छ।
प्रकाश खतिवडा नेतृत्वको टोलीले प्रदेशस्तरीय नीति निर्माण गर्दा स्थानीय सन्दर्भलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याएकाे थियाे । उनीहरूको जोड “नीति कागजमा होइन, ब्यावहारका लागू गर्नेमा जाेड थियाे।”

Attariya Hospital

प्रतिबद्धता: नेतृत्वको स्पष्ट संकेत
अनुरोध पत्र ग्रहण गर्दै जिल्ला समन्वय समितिका संयाेजक नर बहादुर बोहरा ले बझाङले बालविवाह अन्त्यको अभियानमा अग्रणी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उनले अब “बालविवाह मुक्त पालिका” निर्माण केवल नारा होइन, कार्यान्वयनको चरणमा लैजानुपर्ने धारणा ब्याक्त गरे। बाेहराले तीन मुख्यतया बालिकाको शिक्षा: विद्यालयमा टिकाइ राख्ने र छाडेकालाई पुनः जोड्ने,
किशोरी सशक्तीकरण: आत्मरक्षा, सीप र आत्मविश्वास विकास गर्नु पर्ने र अभिभावक शिक्षा: जिम्मेवारी र चेतनाको विस्तार गरेनु पर्ने बताए ।

१४ बुँदे माग: संरचनागत परिवर्तनको खाका
अनुरोध पत्र केवल भावनात्मक अपिलमा सीमित नभई यसमा ठोस १४ बुँदे प्रस्ताव समेटिएका छन्, जसले दीर्घकालीन सामाजिक रूपान्तरणको मार्गचित्र प्रस्तुत गर्छ। मुख्य बुँदाहरू यस्ता छन् ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन
नीति निर्माणमा बाल सहभागिता सुनिश्चितता
विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई पुनः शिक्षामा जोड्ने पहल
बालविवाहबाट प्रभावित बालिकाको संरक्षण र तथ्यांक व्यवस्थापन
घरेलु श्रमको मान्यता र विभाजन
पालिकास्तरीय बाल तथा युवा संरचना गठन
बाल क्लब सञ्जाल परिचालन
बालबालिकामैत्री बजेट सुनिश्चितता
बालहिंसा र यौन दुव्र्यवहार न्यूनीकरण
शारीरिक तथा मानसिक दण्ड अन्त्य
प्रकाश खतिवडा ले विशेष जोड दिए—बालविवाह अन्त्य केवल कानुनी मुद्दा होइन, लैंगिक रूपान्तरणकारी सोच र बहुक्षेत्रीय समन्वयको परिणाम हो।

सहकार्यको नयाँ आधार
यस पहलले एउटा महत्वपूर्ण सन्देश दिएको छ—सरकार एक्लैले परिवर्तन सम्भव छैन, र नागरिक समाज बिना नीति प्रभावकारी हुँदैन।
बझाङमा देखिएको यो सहकार्यको मोडेल सुदूरपश्चिमका अन्य जिल्लाका लागि पनि उदाहरण बन्न सक्ने कार्यक्रम सहभागीहरूकाे भनाइ छ ।

आशाको सुरुवात
दुर्गमता, अभाव र परम्परागत सोचबीच हुर्किएका बालिकाहरूका लागि यो पहल केवल कागजी कार्यक्रम होइन—यो उनीहरूको भविष्यसँग जोडिएको आशा हो।
यदि प्रतिबद्धता कार्यान्वयनमा रूपान्तरण हुन सक्यो भने, बझाङ केवल “दुर्गम जिल्ला” को परिचयबाट अघि बढेर सामाजिक रूपान्तरणको नमुना जिल्ला बन्न सक्छ।
बालविवाह अन्त्यको यो यात्रा सजिलो छैन। तर बझाङले पहिलो पाइला चालेको छ—अब यो पाइला कति दृढ बन्छ, त्यसले नै भविष्य निर्धारण गर्नेछविश्वास लिईएकाे छ ।

Advertize US