बझाङमा कृर्षि बीमा तर्फ पहलःअभिकर्तालाई तालिक,किसानमा आशा जाग्दै

Image
Nisarga Hospital

डिबि बिष्ट/ बझाङः राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बझाङ जिल्लामा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा सम्बन्धी दुई दिने अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । रामशाहपथ, काठमाडौँस्थित कम्पनीले सञ्चालन गरेको उक्त तालिममा झण्डै २३ जना अभिकर्ताहरू सहभागी भएका छन् ।

CP Hospital Dhangadhi

कृषि क्षेत्रमा बीमामा पहुँच लगभग शून्य जस्तै रहेको बझाङमा अब भने किसानहरूले आफ्ना बाली, पशुपन्छी तथा जडीबुटीको बीमा गर्न सक्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । हालसम्म जिल्लामा केही किसानले मात्रै पशु चौपायाको बीमा गर्दै आएका थिए । अशिक्षा,बीमा सम्बन्धि जानकारीको अभाव र बीमाप्रति कम सचेतनाका कारण कृषि बीमा प्रभावकारी हुन सकेको थिएन ।

अब भने तालिम प्राप्त अभिकर्ता मार्फत किसानको बाली तथा पशुधनको मूल्याङ्कन गरी बीमा प्रक्रिया अघि बढाइने भएको छ । बीमाका लागि किसानले बुझाउने प्रिमियममा ८० प्रतिशत रकम नेपाल सरकारले अनुदान दिने व्यवस्था रहेको छ भने किसानले केवल २० प्रतिशत मात्रै व्यहोर्नुपर्ने हुन्छ ।

nawajiwan

यसका साथै, २०० रुपैयाँ बराबरको किसान दुर्घटना बीमा समेत अनिवार्य गरिएको छ । सबै आवश्यक कागजात तयार गरी राष्ट्रिय बीमा बोर्ड मा पेश गरेपछि बीमा पोलिसी जारी गरिने अभिकर्ता तालीममा सहभागी पुस्कर रावलले जानकारी दिए ।
“अभिकर्ता मार्फत सानो बालीनालीदेखि पशु चौपाया सम्मको मूल्याङ्कन हुन्छ । त्यसपछि किसानले न्यून शुल्कमा बीमा गर्न सक्छन् । सरकारले ८० प्रतिशत सम्म अनुदान दिने भएकाले किसानलाई सहज हुने भएको छ ।”

Attariya Hospital

कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा कृषि बीमाबारे जनचेतना फैलाउनु र सम्भावित जोखिमबाट किसानलाई सुरक्षित बनाउनु रहेको राष्ट्रिय बीमा बोर्डका व्यवस्थापक, कविता लामाको भनाई छ । “किसानलाई बीमाबारे जानकारी गराई उनीहरूको कृषि, पशुपन्छी र जडीबुटीमा भएको क्षतिपूर्ति सुनिश्चित गर्नु नै बीमा बोर्डको मुख्य लक्ष्य रहेको उहाँको भनाई छ”

यो तालिम कृषि ज्ञान केन्द्र बझाङ को सहकार्यमा पहिलो पटक सञ्चालन गरिएको हो । कृर्षि ज्ञान केन्द्रले यस कार्यक्रमबाट स्थानीय किसानलाई दीर्घकालीन फाइदा पुग्ने विश्वास व्यक्त गरेको छ ।
हालसम्म जिल्लामा करिब १५ सय पशुधन बीमामा आबद्ध भए पनि कृषि बाली बीमामा भने सहभागिता अत्यन्त न्यून रहेको तथ्यांक छ । अब भने अनिवार्य रूपमा बीमा विस्तार गर्ने नीति अघि बढाइएको कृर्षि ज्ञान केन्द्र बझागका कार्यालय प्रमुख जनक सिहँले जानकारी दिए ।

“भविष्यमा आउने जोखिम बीमा कम्पनीले व्यहोर्ने भएकाले किसानलाई ठूलो राहत हुन्छ । अधिकतम ९० प्रतिशत सम्म क्षतिपूर्ति पाइने व्यवस्था रहेका कारण यस बाट किसानले ठुलो लाभ प्राप्त गर्ने उहाँले जानकारी दिए ।”
प्राविधिक मूल्याङ्कनका आधारमा किसानले क्षतिपूर्ति प्राप्त गर्नेछन् । साथै, गोठालो तथा पशु हेराला को समेत बीमा हुने व्यवस्था छ, जसले दुर्घटना वा अशक्तताको अवस्थामा सहयोग पु¥याउने देखीन्छ।

बझाङमा रोग, किराको प्रकोप, असिना, बाढी तथा पहिरोका कारण वर्षेनी कृषिमा ठूलो क्षति हुने गरेको छ। यस्ता जोखिम न्यूनीकरणका लागि बीमा प्रभावकारी माध्यम बन्न सक्ने सरोकारवालाहरूको विश्वास छ ।
समग्रमा, कृषि बीमालाई गाउँ–गाउँसम्म पु¥याउने यस पहलले बझाङका किसानलाई आर्थिक सुरक्षा दिने मात्र होइन, कृषि क्षेत्रमा नयाँ आशा र भरोसा समेत जगाउने अपेक्षा गरिएको छ।

Advertize US