अनुदान प्रलोभनदेखि ज्यानसम्म: कञ्चनपुरमा ज्यान मुद्दामा गाउँपालिका उपाध्यक्ष पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ ज्यान सम्बन्धी गम्भीर आरोपमा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मृतक हरकिशन रानाकी पत्नी फिरिया देवी रानाले दिएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

CP Hospital Dhangadhi

जाहेरीअनुसार नाथले कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल्ने प्रयास गरेकी थिइन्। करिब ४० लाख रुपैयाँको अनुदान प्रक्रिया देखाएर ४७–४८ लाख रुपैयाँ खर्च गराइएको र पछि थप १२ लाख रुपैयाँ चेक तथा ४ लाख नगद माग गरिएको उल्लेख छ। रकम दिन नसक्दा लगातार ज्यान मार्ने धम्की दिइएको आरोप लगाइएको छ।

Attariya Hospital

गत ९ वैशाख २०८२ मा बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल आर्यघाट नजिक हरकिशन रानाको शव जलेको अवस्थामा फेला परेको थियो। घटनास्थलमै मोटरसाइकलसमेत जलेको अवस्थामा भेटिएको थियो, जसले घटनालाई झन् रहस्यमय बनाएको छ।

nawajiwan

पीडित परिवारले यसलाई सुनियोजित हत्या भएको दाबी गरेको छ भने प्रहरीले सर्जमिन मुचुल्का, पोस्टमार्टम प्रतिवेदन लगायतका प्रमाण संकलन गरिरहेको जनाएको छ। चेक प्रकरणमा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertize US