बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा पाँच घाइते, एकको अवस्था गम्भीर

Image
Nisarga Hospital

बैतडीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब साढे १ बजे पुर्चौडी–ढोल्यामोड सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका–८ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा पुर्चौडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ४२४६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। दुर्घटनामा चालक जनक लुहार, अमिर कठायतसहित हिक्मत कुँवर, जयबहादुर चन्द र केशवबहादुर चन्द घाइते भएका छन्।

Attariya Hospital

प्रहरीका अनुसार जनक लुहार गम्भीर घाइते छन् र उनलाई प्राथमिक स्वास्थ्य केन्द्र देउलेक पठाइएको छ। अन्य घाइतेमध्ये अमिर कठायत र हिक्मत कुँवरलाई डडेलधुरा अस्पताल रेफर गरिएको छ भने बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan
Advertize US